विमानस्थलमा मन्त्री किराँतीको अनुगमन, भने- शौचालयमा राम्रो गीत बजाउनू, सेनेटरीप्याड राख्नू
काठमाडौं, माघ ५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । उनले बिहीबार बिहान विमानस्थलको अनुगमन गरेका हुन् ।
विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरकाअनसार मन्त्री किराँतीले सरसफाइ र आगमन कक्षतर्फका लिफ्ट, स्केलेटर र ट्रयाबलेटरको पनि अनुगमन गरेका थिए । सो क्रममा उनले विमानस्थलका शौचालय सफा र त्यहाँ सेनेटरी प्याडलगायत राखिनुपर्नेमा जोड दिए ।
‘शौचालयभित्र छिरेको मान्छेले जिन्दगीभर सम्झिन्छ । राम्रो गीत बजाउनुपर्छ,’ मन्त्री किराँतीले भने, ‘शौचालयमा काम गर्नेको सुविधा बढाइदिऊँ, कामअनुसार ड्रेस पनि भएन ।’
विद्युतीय भर्याङबारे एक भिडिओ भाइरल भएको भन्दै उनले भने, ‘फेरि यस्तो नहोस् ।’ मन्त्रीले फेरि केही दिनमा अनुगमन गर्ने बताएको प्रमुख ठाकुरको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्