प्रधानमन्त्रीले भेटे यतीको विमान दुर्घटनामा ज्यान गुमाएका यात्रुका परिवारलाई
काठमाडौं, माघ ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुगेर यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका यात्रुका परिवार र आफन्तसँग भेटेका छन् ।
आज (बिहीबार) बिहान प्रधानमन्त्रीले शव पहिचानको स्थितिबारे जानकारी लिँदै त्यसबारे काम छिटो गर्न, पहिचान वैज्ञानिक बनाउन र छिटो परिवारलाई हस्तान्तरण गर्न पनि भनेको प्रेस संयोजक सूर्य किरणले जानकारी दिएका छन् ।
प्रधानमन्त्रीले शव पहिचानको काम छिटो सक्न सरकारको तर्फबाट चाहिए सहयोग माग्न पनि अस्पतालका पदाधिकारीलाई आग्रह गरेका छन् । त्यस क्रममा प्रधानमन्त्रीले पहिचानका लागि राखिएका शवको निरीक्षण गर्नुका मृतकका आफन्तसँग भेटेर सान्तवना दिएका छन् ।
परिवारप्रति समवेदना प्रकट गर्दै प्रधानमन्त्रीले शव बुझाउने प्रक्रिया तीव्र बनाउन आफूले निर्देशन र आवश्यक सहयोगका लागि भनेको जानकारी गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्