आगो ताप्ने क्रममा जलेर ८० वर्षीया वृद्धाको मृत्यु
काठमाडौं, माघ ५ । विराटनगरमा आज आगो ताप्ने क्रममा जलेर एक वृद्वाको मृत्यु भएको छ।
विराटनगर–१० स्थित लालीगुँरास चोककी ८० वर्षीया बेभी यादवको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको हो।
वडा प्रहरी कार्यालय ‘क’ का डीएसपी दीपेन्द्र पञ्जियारका अनुसार बिहीबार बिहान घरबाहिर पराल र रुखका हाँगा बालेर आगो ताप्ने क्रममा अचानक उनले लगाएको साडीमा आगो सल्किएपछि प्लास्टिकको कुर्सीसहित उनी जलेकी हुन्।
जलेर गम्भीर घाइते भएकी यादवलाई उपचारका लागि लाने तयारी गर्दागर्दै उनको मृत्यु भएको हो।
डीएसपी पञ्जियारले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्