डाक्टरले मृत घोषित गरेका शिशुले स्वास फेरेपछि …
काठमाडौं, माघ ४ । विराटनगरको कोशी अस्पतालका डाक्टरमाथि कुटपिट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दिलिप मुखिया र उमा मुखियाको १८ दिनकी शिशुको स्वास्थ्यमा समस्य देखिएपछि बुधबार कोशी अस्पताल लगिएको थियो । अस्पतालमा शिशुको डा. आकाश यादवले चेकजाँच गरेका थिए ।
चेकजाँचपछि डा. यादवले शिशुको मृत्यु भइसकेको बताए । चिकित्सकले मृत घोषित गरेपछि परिवारले शिशुलाई घर लैजान अस्पतालबाट निकाल्नै लाग्दा हात खुट्टा चलाएपछि उनलाई तुरुन्तै नजिकैको गोल्डेन अस्पताल पुर्याएका थिए ।
अहिले उनको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । शिशुको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ । कोशी अस्पतालका डा. यादवले जीवित शिशुलाई मृत घोषित गरेको भन्दै मुखियाका आफन्तले डा. यादवमाथि कुटपिट गरेका थिए । उनको टाउकोमा चोट लागेको छ । प्रहरीले मनोज मुखिया, मन्नु मुखिया र अर्को एक जना नाम नखुलेको व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्