महामन्त्री शर्माको दाबी: कांग्रेस कोटाकै व्यक्ति राष्ट्रपति देख्न पाउनुहुनेछ

काठमाडौं, माघ ४ – सात दलीय गठबन्धनको सहमतिअनुसार एमाले कोटामा परेको राष्ट्रपति पदमा कांग्रेसकै व्यक्ति छानिने महामन्त्री विश्वप्रकाश शर्माले दाबी गरेका छन्।

बुधबार सभामुखमा उम्मेदवारी दिएकी ईश्वरी न्यौपानेको मनोनयनपछि सञ्चारकर्मीसँग महामन्त्री शर्माले राष्ट्रपति कांग्रेसकै व्यक्ति हुने ठोकुवा गरेका हुन्। उनले भने, ‘लेखरै राख्नुस्, कांग्रेसबाट प्रस्तावित व्यक्ति राष्ट्रपति देख्न पाउनुहुनेछ।’

अहिलेको संसद्को शक्ति सन्तुलन र प्रधानमन्त्रीले पनि सबैलाई मिलाएर लैजाने प्रतिबद्धताका आधारमा राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार निर्वाचित हुने उनको धारणा छ।

प्रतिक्रिया दिनुहोस्