ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
काठमाडौं, माघ ४ । प्रतिनिधि सभाको सभामुखमा नेपाली कांग्रेसबाट ईश्वरी न्यौपानेले उम्मेदवारी दिने भएकी छन् ।
पार्टी सभापति शेरबहादुर देउवाको ‘डेरा’ धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारीहरूको बैठकले सभामुखमा न्यौपानेलाई बनाउने निर्णय गरेको हो ।
न्यौपानेले आफूलाई संसदीय दलको कार्यालयमा बोलाइएको बताइन् । छलफल सकिएपछि उम्मेदवारी दर्ता गर्ने तयारी रहेको छ ।
त्यस्तै, सभामुख उम्मेदवारीका विषयमा कांग्रेसले प्रतिपक्षमा रहेका दलहरूसँग छलफल गरिरहेको छ ।















प्रतिक्रिया दिनुहोस्