राप्रपाको प्रमुख सचेतक बने ज्ञानेन्द्र शाही
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीलाई प्रमुख सचेतक बनाएको छ।
राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार संसदीय दलका नेता राजेन्द्र लिङ्देनले शाहीलाई प्रमुख सचेतक पदमा मनोनीत गरेका हुन्।
शाही जुम्लाबाट निर्वाचित सांसद हुन्। उनले माओवादीकी गोमा गौतम कुँवरलाई १० हजारभन्दा बढी मतले हराएका थिए।















प्रतिक्रिया दिनुहोस्