उपेन्द्र यादव र माधव नेपालसँग देउवाको छलफल
काठमाडौं , माघ ४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन् ।
देउवा निवास धुम्बाराहीमा छलफल भएको थियो । छलफलका बारेमा जसपाका अध्यक्ष यादवले केही भन्न चाहेनन् ।
“सामान्य छलफल भएको हो, अहिले छलफलका बारेमा केही भन्न मिल्दैन,” यादवले भने ।
सभामुखमा आज उमेदवारी दर्ताको समय रहेको छ । त्यसअघि देउवाले छलफललाई तीव्रता दिएका हुन् ।















प्रतिक्रिया दिनुहोस्