पोखरा विमान दुर्घटना: निधन भएका ४६ शव काठमाडौं ल्याइयो
काठमाडौं, माघ ३ । गत आइतबार पोखरामा भएको यति एयरको विमान दुर्घटनामा निधन भएका ४६ जनाको शव काठमाडौं ल्याइएको छ ।
पोखरामा पोस्टमार्टम हुन नसकेका ४६ जनाको शव पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको हो ।
दुर्घटनामा निधन भएका २४ जनाको शव भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएकाे छ ।
त्यस मध्येका केहीको शव पोस्टमार्टम गरेर आफन्तलाई बुझाइएकाे अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्