मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीहरुले लिए शपथ(सूचीसहित)
काठमाडौं, माघ ३ । नयाँ मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नयाँ मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।
सत्ता साझेदार दलहरुबाट नेकपा एमालेबाट ४, माओवादी केन्द्रबाट ३, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ३ सांसद सरकारमा सहभागी भएका छन् । माओवादी,रास्वपा र राप्रपाले एक÷एक राज्यमन्त्री पाएका छन् ।
शपथ लिएका मन्त्रीहरु
एमालेबाट
१. विमला राई पौडेल–परराष्ट्रमन्त्री
२. पदम गिरी–स्वास्थ्य मन्त्रालय
३. भगवती चौधरी–महिला बालबालिका
४. हरि उप्रेती–रक्षा मन्त्रालय
माओवादीबाट
१. रेखा शर्मा–सञ्चार तथा सूचना प्रविधि
२. सुदन किराती–संस्कृति तथा पर्यटन
३. अमनलाल मोदी–सामान्य प्रशासन
४. सुशिला श्रीपाली–पर्यटन राज्यमन्त्री
रास्वपाबाट
१. डोलप्रसाद अर्याल–श्रममन्त्री
२. शिशिर खनाल–शिक्षा मन्त्री
३. तोसिमा कार्की–स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री
राप्रपाबाट
१. राजेन्द्र लिङ्देन–उपप्रधान तथा ऊर्जा
२. ध्रुवबहादुर प्रधान–कानुनमन्त्री
३. विक्रम पाण्डे–सहरी विकासमन्त्री















प्रतिक्रिया दिनुहोस्