यतीकाे विमान दुर्घटना : ‘ब्ल्याक बक्स’ भेटियो
काठमाडौं, माघ २ । हिजो (आइतबार) बिहान पोखरामा भएको यती एयरको ब्ल्याक बक्स फेला परेको छ । उद्दार टोलीले ब्लाक्स बक्स फेला पारेको हो ।
दुर्घटनास्थलमा भर्खरै ब्ल्याकबक्स भेटिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले पुष्टि गरेका छन् । बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार कार्य जारी राखेको छ ।
भेटिएका शवहरु गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ । तीमध्ये ३५ जनाको मात्र पहिचान खुलेको छ । तर, शवको पोष्टमार्टम भने अहिलेसम्म पनि हुन सकेको छैन । सरकारले बनाएको ५ सदस्यीय जाँचबुझ समितिले मुख्यत ‘ब्ल्याक बक्स’ को आधारमा दुर्घटनाको कारण पत्ता लगाउने छ । ब्ल्याक बक्समा जहाज उडानको सबै जानकारी रेकर्ड रहन्छ ।
जहाजको पर्फमेन्स (उडान प्रस्तुती) र प्यारामिटरको (जहाज सञ्चालनको सीमा) विषयमा रेकर्ड हुन्छ । जसमा जहाजको एयरस्पिड, उचाई, भर्टिकल एक्सिलेरेसन र इन्जिनमा इन्धनको प्रवाह लगायतको जानकारी हुन्छ ।
ब्यालक बक्समा मुख्यत २ वटा कम्पोनेन्ट हुन्छ । फ्लाईट डाटा रेकर्डर र ककपिटको भ्वाइस रेकर्ड हुन्छ । बक्समा पाइलट र विमानस्थलमा रहेका एयर ट्राफिक कन्ट्रोलरबीचको कुराकानी रेकर्ड हुन्छ ।
पाइलट र एटीसीबीचको रेकडिङ कम्तीमा २ घण्टासम्मको हुन्छ । फ्ल्याईट डाटा रेकर्ड भने २५ घण्टासम्मको हुन्छ ।आइतबार बिहान भएको विमान दुर्घटनामा मृत्यु भएका ६९ जनाको शव फेला परेको छ । ४ जना चालक दलका सदस्यसहित ७२ यात्रु लिएर काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको विमान सेती नदीको खोंचमा दुर्घटनामा परेको थियो ।














प्रतिक्रिया दिनुहोस्