विमान दुर्घटनामा पर्वतका एकै परिवारका ४ सहित १० जनाको मृत्यु
काठमाडौं, माघ २ । आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा पर्वतका १० जनाको मृत्यु भएको पुष्टि भएको छ ।
एकै परिवारका ४ र अरू ६ जनासहित १० जनाको मृत्यु भएको र उनीहरुको शवको पहिचान समेत भइसकेको हाे ।
मुत्यु हुनेहरुमा कुश्मा १ पाङकी रचना काफ्ले र उनका १० महिनाका छोरा रिहान पौडेल, कुश्मा ९ का अरुण पौडेल र उनकी ११ वर्षीया छोरी प्रसिद्धि पौडेल तथा कुश्मा नगरपालिका-१४ आर्थर डाँडाखर्कका पत्रकार त्रिभुवन पौडेलको मृत्यु भएको छ ।
त्यस्तै मोदी गाउँपालिका-१ का भुकताङ्लेका विजय गुरुङ, बिहादी गाउँपालिका-५ उरामपोखराका युवराज शर्मा, उनकी पत्नी जमुना शर्मा, उनीहरूका नाति आयुर्दी शर्मा र नातिनी बेवी शर्मा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्