एमाले अध्यक्ष ओली भेट्न प्रधानमन्त्री प्रचण्ड बालकोटमा

काठमाडौं, माघ २ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास वालकोट पुगेका छन् ।

दुई नेताबीच छलफल चलिरहेको छ । आजको भेटमा मुख्यतः सभामुखबारे छलफल रहेको नेताहरुले जानकारी दिएका छन् । सभामुखको निर्वाचनका लागि मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक हुँदैछ । बिहीबार सभामुखको निर्वाचन नै हुने तय भएको छ । त्यसअघि नै संघीय सरकारलाई पूर्णता दिने तयारी पनि प्रधानमन्त्री प्रचण्डको छ ।

जारी भेटमा मन्त्रिपरिषदको भागवण्डा मिले मन्त्रिपरिषद विस्तार गर्ने र सभामुखको विषयमाथिको छलफललाई अन्तिम रुप दिने दुई नेताको तयारी छ ।

मंगलबार प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिने १० वटै दलको बैठक राखेका छन् । उनले आफूलाई कांग्रेसलगायतका दलले समेत विश्वासको मत दिएको भनी सभामुख र राष्ट्रपतिका विषयमा उनीहरुसँग समेत छलफल गर्नुपर्ने बताएपछि एमाले नेताहरु शसंकित बनेका छन् ।

यसकारण पनि एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच पछिल्लो समय भेटघाट बाक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्