माघ २ गते शोक बिदा दिने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, १ माघ । मन्त्रिपरिषदको बालुवाटारमा आज र्आतबार बसेको बैठकले पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा शोक बिदा दिने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता अर्थमन्त्री विष्णु पौडेलका अनुसार ‘मन्त्रिपरिषद बैठकले घटनाप्रति गहिरो दुस्ख व्यक्त गर्दै माद्द २ गते सार्वजनिक विदा दिएको हो । मन्त्री पौडेलले भने, भोलि माघ २ गते शोकपूर्ण घटनाका सन्दर्भमा शोक मनाउने र एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ,’ उनले भने।

घटनाकाबारे परिवारजनलगायतलाई जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय भएको छ।

दुर्घटनाका कारण पहिचान गर्न छानबिन समिति पनि गठन गरिएको उनले बताए। पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठन गरिएको र प्रतिवेदन पेश गर्न ४५ दिनको समय दिइएको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्