पोखराको सेती नदी खोँचमा दुर्घटनाग्रस्त विमानमा चालक दलसहित ७२ जनामध्ये १० जना विदेशी
काठमाडौं, १ माघ । पोखराको सेती नदी खोँचमा दुर्घटनाग्रस्त विमानमा चालक दलसहित ७२ जनामध्ये १० जना विदेशी यात्रु रहेको प्रारम्भिक सूचना छ ।
आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको एनवाईटी ६९१ विमान ११ बजे पोखरामा दुर्घटना भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार विदेशीहरु पर्यटक रहेको खबर छ । उनीहरु कुन कुन देशका नागरिक हुन् भन्ने खुलिसकेको छैन ।
काठमाडौं । पोखराको सीताराम पुल नजिकै सेती खोंचमा दुर्घटना भएको विमानमा ७२ जना सवार रहेको खुलेको छ ।
प्राप्त यात्रु तथा चालक दलका सदस्यको सूची अनुसार तीमध्ये १५ जना विदेशी नागरिक छन् भने ३ जना बालबालिका छन् ।
काठमाडौंबाट ६८ जना यात्रु र चार जना चालक दलका सदस्य लिएर पोखराका लागि यो जहाज उडेको थियो ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार साढे ११ बजेसम्म दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको छ । थप उद्धार कार्य जारी छ ।
दुर्घटनामा पर्नेमा भारतका ५ जना, रसियाका ४ जना, कोरियाका २ जना, आयरल्याण्ड, अर्जेन्टिना, अष्ट्रेलिया र फ्रान्सका १र१ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्