प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल, प्याकेजमै सहमति खोजिंदै

काठमाडौं,  ३० पुष  । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्तामा सरकार विस्तार र सभामुख निर्वाचनको विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ । दुई नेताबीच प्रदेश सरकारलाई पूर्णता दिने विषयमा पनि छलफल भएको बताइन्छ ।

मन्त्रालय, राष्ट्रपति र उपराष्ट्रपति तथा सभामुख र उपसभामुखमा प्याकेजमै सहमति गर्ने पक्षमा दलहरु छन् । प्रमुख सत्ता साझेदार दलहरुबीच भागबण्डामा सहमति जुट्न नसक्दा मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन ।

त्यसैगरी सभामुख र राष्ट्रपति जस्ता पदमा नेपाली कांग्रेसले पनि दाबी गर्दा गठबन्धनमा संशय पैदा भएको छ ।

प्रतिक्रिया दिनुहोस्