कारागारमुक्त भएपछि सन्दीपले दिए समर्थकलाई धन्यवाद, बाबु–आमासँग गए घर

काठमाडौं, पुस २९ ।  केन्द्रीय कारागार सुन्धाराबाट ९९ दिनपछि रिहा भएका क्रिकेटर सन्दीप लामिछानेले छोटो प्रतिक्रिया दिएका छन् ।

कारागार परिसर बाहिर केहीबेर समर्थकसँग खुशी साटेर उनी बुवा–आमासँग कारमा घरतिर फर्किएका छन् । सन्दीपलाई लिन उनले नै यसअघि चढ्दै आएको ग ३ च ६६८४ नम्बरको सेतो कार लिएर बाबुआमा कारागर परिसर पुगेका थिए ।

पहेंलो ज्याकेट र पहेंलै स्कार्पमा देखिएका सन्दीप कारागार परिसरबाट खुशी मुद्रामा देखिएका थिए ।

उच्च अदालत पाटनको आदेशअनुसार सन्दीपका दाजुले शुक्रबार जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्