कारागारबाट सन्दीप लामिछानेलाई अदालत लगियो

काठमाडौं, पुस २९ ।काठमाडौँ । बलात्कार आरोपमा २० लाख धरौटीमा रिहा भएका क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौं लगिएको छ । शुक्रबार केन्द्रीय कारागार सुन्धाराबाट आवश्यक प्रक्रियाका लागि लामिछानेलाई अदालत लगिएको हो ।

उच्च अदालत पाटनले एक किशोरीलाई बलात्कार आरोपमा लामिछानेलाई २० लाख धरौटीमा सर्तसहित रिहा गर्न आदेश दिएको थियो ।

आदेशसँगै लामिछानेले धरौटी पनि बुझाएका छन् । उच्च अदालत पाटनले बिहीबार सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएसँगै सन्दीपले आज  दाइ मोहन लामिछानेमार्फत धरौटी बुझाएका हुन् । धरौटी बुझाएसँग सन्दीप आजै छुट्ने भएका छन् ।

सन्दीप दिउँसो ३ बजेसम्म छुट्ने बताइएको छ । लामिछाने जिल्ला अदालत काठमाडौंको पुर्पक्षमा थुनामै रहने आदेशविरुद्ध उच्च अदालत गएका थिए । लामिछानेलाई आवश्यक प्रक्रिया मिलाएर रिहा गर्ने तयारी भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्