एमालेविरुद्ध फैलाइएको भ्रम र झुटको खेतीलाई एमालेले चिरेर अगाडि बढ्नेछः ओली

काठमाडौैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित आफ्नै निवासमा राप्रपाका नेता एवं निवर्तमान उपसभामुख गंगाप्रसाद यादवलाई पार्टीमा स्वागत गर्दै एमालेविरुद्ध फैलाइएको भ्रम र झुटको खेतीलाई एमालेले चिरेर अगाडि बढ्ने बताए ।

ओलीले संसद् नभएको अवस्थामा स्थानीय तहको निर्वाचनको मतपरिणामको हिसाबले एमाले देशको सबैभन्दा ठूलो पार्टी भएको बताए ।

आफू प्रधानमन्त्री हुँदा तराईको शिक्षा, स्वास्थ्य, रोजगारी, सिँचाइ, सडक, घर हस्तान्तरण जस्ता विकासका काम शुरु गरे पनि त्यसपछिको सरकारले ती कार्यक्रमलाई अलपत्र पारेको आरोप समेत लागाए ।
राप्रपा गठबन्धनबाट उपसभामुख भएका यादवले आजदेखि आफू एमाले भएको बताए ।

प्रतिक्रिया दिनुहोस्