‘निर्मला पन्त र नवराज विकहरुले न्याय नपाउँदासम्म लोकतन्त्र बलियो हुँदैन’

काठमाडौं, २६ पुस ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले लोकतन्त्र व्यवहारमै उतार्नुपर्ने बताएका छन् ।

मङ्गलबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने बताउँदै उनले लोकतन्त्र व्यवहारमै उतार्नुपर्ने बताए । साथै उनले वर्तमान सरकारको कार्यकालभर न्याय सम्पादन रहिरहने बताए ।

निर्मला पन्त र नवराज विकहरुले न्याय नपाएसम्म लोकतन्त्र बलियो हुन नसक्ने उनको भनाइ थियो । ‘लोकतन्त्र भनेको प्रक्रिया मात्रै होइन, हामीले यसलाई लामो समय प्रक्रिया मात्रै बनायौ, अब हामीले यसलाई व्यवहार बनाऔँ, जुन दिन लोकतन्त्रलाई व्यवहार बनाउँछौ, त्यस दिन समाज परिवर्तन हुन्छ । रूपान्तरण हुन्छ’, परियारले भने ।

‘जबसम्म निर्मला पन्तले न्याय पाउँदैनन् र रुकुमका नवराज विकहरूले न्याय पाउँदैनन् हामीले जति भने पनि हाम्रो लोकतन्त्र बलियो हुनेछैन’, उनले भने । आफ्नो पार्टी सरकारमा सहभागी भएर कस्तो काम गर्नुपर्छ भनेर शुरुवात भैसकेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्