प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा कांग्रेसका दुई महामन्त्रीसहित चार नेता असहमत

काठमाडौं, पुस २६ । नेपाली काँग्रेसको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा दुई महामन्त्रीसहित चार नेताले फरक मत राखेका छन् ।

मंगलबार कांग्रेस कार्यसम्पादन समितिले गरेको निर्णयमा महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसी र बलबहादुर केसीले भने असहमति जनाउदै फरक मत राखेका हुन् ।

उनीहरुले कांग्रेस अहिलेको अवस्थामा प्रतिपक्षमै बस्न ठिक हुने भन्दै असहमति राखेको बताएका छन् ।

यस अघि सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकमा पनि उनीहरुले विश्वासको मत दिन नहुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्