प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने गरी सर्‍यो

काठमाडौं, पुस २६ । प्रतिनिधिसभाको बैठक सरेको छ। आज बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ बजेलाई सारिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।

‘दलहरूको आन्तरिक तयारीका कारण बैठक दिउँसो १ बजेलाई सारिएको हो’, उनले भने।
आज प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदै छन्।

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस सरकारलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा छलफल गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्