पुस २७ गते बिदा दिने मन्त्रिपरिषदको निर्णय
काठमाडौं, २५ पुस । सरकारले पुस २७ गते बिदा दिने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले पृथ्वी जयन्तीको अवसर पारेर सरकारले बिदा निर्णय गरेको हो।
राप्रपाले सरकारलाई विश्वासको मत दिनु अगाडि पुस २७ गते बिदा दिने निर्णय गर्नुपर्ने सर्त राखेको थियो। प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि विश्वासको मत लिँदैछन्।
राप्रपाले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउनु पर्ने माग राख्दै आएको अडानलाई मध्यनजर गर्दै यस्तो ािर्ण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्