सत्तारुढ दलका साझा न्यूनतम कार्यक्रम जारी (पूर्णपाठ सहित)

काठमाडौं, २५ पुस । सरकार संचालन गर्न गठित उच्चस्तरीय राजनीतिक संयन्त्रले सत्तारुढ दलका साझा न्यूनतम कार्यक्रम तयार गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेको छ । संयन्त्रका संयोजक एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार कार्यक्रमको पुस्तिका दाहाललाई बुझाए । सत्तासाझेदार ७ दलले चुनावमा गरेका प्रतिबद्धताहरुलाई समेटेर बनाइएको न्यूनतम कार्यक्रमलाई अब सरकारले आफ्नो मूल नीति मानेर काम अघि बढाउने प्रधानमन्त्री दाहालले जानकारी दिए । संयन्त्रका संयोजनक ओलीले पनि अब सरकारले यो नीतिगत निर्देशनमा काम गर्ने र यसका लागि दलहरुले सरकारलाई सहयोग गर्ने प्रतिवद्धता जनाए ।
सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार आयोजित एक विशेष समारोहबीच उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारका न्यूनतम कार्यक्रम सार्वजनिक गरेका हुन्।

सत्ता साझेदार दलहरूले उठाएका साझा विषयलाई समेटेर तयार पारिएको न्यूनतम साझा कार्यक्रममा जनसरोकारका विषयलाई विशेष प्राथमिकता दिइएको छ।

न्यूनतम साझा कार्यक्रममा महँगीको अन्त्य गर्ने, कालोबजारीमाथि कडा कारबाही गर्ने, बजार अनुगमनलाई व्यापक बनाउने, यो वर्ष सरकारी गाडी नकिन्ने र कार्यालय खर्च कम गर्ने प्रतिबद्धता जनाइएको छ।

सत्ता साझेदार दलले कार्यदल नै बनाएर न्यूतम साझा कार्यक्रम तयार पारिएको थियो। न्यूनतम कार्यक्रममा सरकारले नागरिकहरुलाई सेवा सुविधा दिने, शिक्षा स्वास्थ्य लगायतका क्षेत्रका विकृतिहरु सुधार्ने, बिग्रेको आर्थिक अवस्था सुधार ल्याउने देखि सन्तुलित कूटनीतिक सम्बन्ध राख्ने लगायतका विषयहरु छन् ।

पूर्णपाठको लागि यहाँ क्लीक गर्नुहोस्

Government Minimum Program_2079

प्रतिक्रिया दिनुहोस्