माओवादी बिनै प्रदेश–१ का मुख्यमन्त्री र तीन बिना विभागीय मन्त्रीले लिए शपथ
काठमाडौं, पुस २४ । प्रदेश–१ मा नयाँ गठबन्धनमा सामेल भएको माआवादी केन्द्रको सहभागिता विनै सरकार विस्तार भएको छ ।
नेकपा एमाले पार्टीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नयाँ गठबन्धनमा सहभागी माओवादी केन्द्र विनै सरकार विस्तार गरेका हुन् ।
मुख्यमन्त्री कार्कीले सोमबार एमालेका तिलकुमार मेयाङ्बो, राप्रपाका भक्तिप्रसाद सिटौला, जनता समाजवादीका निर्मला लिम्बूलाई मन्त्री नियुक्त गरेका छन् । विना विभागीय मन्त्री बनेका उनीहरुले पनि मुख्यमन्त्री कार्कीसँगै शपथ लिएका हुन् ।
मुख्यमन्त्री पदमा आलोपालोको विवाद भएपछि माओवादी केन्द्र सरकारमा सामेल भएको छैन । नयाँ मन्त्रीहरूले सोमबार अपराह्न प्रदेश प्रमुख पर्शुराम खापुङबाट शपथ लिएका छन् ।















प्रतिक्रिया दिनुहोस्