प्रचण्डले विश्वासको मत पाउनुहुन्छ, तर परिस्थिति सहज छैन: ओली

काठमाडौं, पुस २५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउने बताएका छन्। प्रतिनिधिसभाको पहिलो बैठकलाई सोमबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

‘म ढुक्क छु प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउनुहु्न्छ। तर अहिलेको परिस्थिति सहज छैन। अनेक चुनौती छन्’, उनले भने, ‘पहिलो पटक राजश्व ऋणात्मक भएको छ। त्यसैले यी चुनौतीलाई चिर्दै सरकारले अघि बढ्नुछ।’

सम्बोधनका क्रममा ओलीले जनताले नयाँ परिवर्तन खोजेकैले नयाँ दलहरु अहिलेको संसदम आएको पनि बताएका छन्।

‘जनताले नयाँ परिवर्तन खोजेकाले नयाँ सरकार आएको हो’, उनले भने’ त्यहीकारण नयाँ दल आएका हुन्। जनताले परिवर्तन खोजेकैले आज संसदमा नयाँ दल देखिएका छन्।’

ध्यक्ष ओलीले लामो बलिदानको शृंखलापछि अहिलेको अवस्था आएको बताएउदै यस संसदमाथि ठुलो जिम्मेवारी रहेको बताए ।

यस संसदले देशलाई विकासको बाटोमा अगाडी बढाउनु पर्ने, राष्ट्रियताका प्रश्नको समाधान गर्नुपर्ने, सामाजिक तथा सास्कृतिक पक्षहरुलाई समाधान गर्नुपर्ने यस संसदको जिम्मेवारी रहेको ओलीले बताए ।

ओलीले अहिले अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताउदै धेरै बर्षपछि राजश्व संकलन ऋणात्मक भएको बताए ।

ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिदै अहिले सहज अवस्था नभएको र चुनौती भएको स्मरण गराएका छन् ।

परिवर्तनको अपेक्षा जनताले गरेको देखिएको बताउदै ओलीले जनताले परिवर्तनको अपेक्षा गरेकैले नयाँ पार्टीले चुनावमा राम्रो गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्