गुजरातबाट नेपाल आउँदै गरेको बस दुर्घटना, चार नेपालीको मृत्यु
काठमाडौं, पुस २४ । भारतको गुजरातबाट कैलालीको टीकापुरतर्फ आउँदै गरेको बस आइतबार राति भारतको लखनउ नजिकै उन्नाउ भन्ने ठाउँमा दुर्घटना भएको छ।
प्रारम्भिक जानकारीअनुसार बसमा यात्रारत ४ जना नेपालीको मृत्यु भएको बसमा यात्रारत टीकापुरका स्थानीय स्थानीय भुपेन्द्र साउदका अनुसार चार जनाको मृत्यु भएको छ र उनीहरुको परिचय खुलेको छैन।
बसमा सवार अन्य केही घाइते भएका छन्। बसमा ६६ जना यात्रु रहेको खबर आएको छ। लखनउदेखि ३० किलोमिटर अगाडी बस दुर्घटना भएको हो। उक्त बस अर्को बससँग ठोक्किएर दुर्घटना भएको साउदले बताए।
बसको नम्बर खुल्न सकेको छैन। टीकापुरबाट भारतको गुजरात, सुरत लगायतका क्षेत्रबाट नेपालीहरूलाई ओहोरदोहोर गर्न भारतीय बसहरु सञ्चालन हुने गरेका छन्।
प्रतिक्रिया दिनुहोस्