प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त
काठमाडौं, पुस २४ । प्रदेश १ काे मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त भएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले आज एमाले संसदीय दलका नेता समेत रहेका कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
प्रदेश प्रमुखले कार्कीलाई मुख्यमन्त्री नियुक्तिको पत्र दिएका छन्।कार्कीले सोमबार साढे २ बजे शपथ ग्रहण गर्ने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा कार्कीलाई प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को २(१) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
झापा ५ (ख) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन्।यसअघि प्रदेशसभाका ६० जना सदस्यको हस्ताक्षरसहित नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।
प्रतिक्रिया दिनुहोस्