एकीकृत समाजवादीले विश्वासको मत दिने कुरामा शंका छैन : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, पुस २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टीले पनि विश्वासको मत दिने बताएका छन्।
आइतबार माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग भएको वार्ता पछि प्रचण्डले सो कुरा बताएका हुन्।
‘उहाँहरु सकारात्मक हुनुहुन्छ,’ उनले भने, ‘ ‘विश्वासको मत दिनेमा कुनै शंका छैन।’
प्रधानमन्त्री दाहालले आगामी २६ गते संसदबाट विश्वासको मत लिँदैछन्।















प्रतिक्रिया दिनुहोस्