गगन र विश्वप्रकाशसँग छलफलमा देउवा

काठमाडौँ , पुस २२ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वयसँग छलफल गर्दैैछन् । उनी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफलमा छन् ।

प्रधानमन्त्रीबाट हटेपछि पहिलो पटक सभापति देउवाले पार्टीका दुई महामन्त्रीलाई निवासमा बोलाएर छलफल गर्न लागेका हुन्।

यसअघि सभापति देउवाले केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्दाका बेला महामन्त्रीद्वयसँग टेलिफोनमा संवाद गरेका थिए।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र अब बस्ने केन्द्रीय समितिलगायत विषयमा सभापतिले छलफल गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्