प्रचण्डप्रति सकारात्मक छौँ, विश्वासको मतबारे पार्टीले निर्णय लिन्छ : माधव नेपाल
काठमाडौँ , पुस २२ । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकारलाई विश्वासको मत दिने–नदिने भन्ने विषयमा निर्णय नलिइसकेको बताएका छन् । प्रतिनिधिसभाको पहिलो बैठकका एजेण्डा तय गर्न बसेको सर्वदलीय बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
व्यक्तिगत रूपमा प्रचण्डप्रति आफूहरू सकारात्मक रहेको उल्लेख गर्दै उनले विश्वासको मतको विषयमा भने पार्टीले निर्णय गर्न बाँकी रहेको बताए ।
अध्यक्ष माधवकुमार नेपालले एमालेसँग एकता हुन नसक्ने बताएका छन् । प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपतिशमशेर जवराले राखेको सर्वदलीय बैठकबाट बाहिरिने क्रममा नेपालले विचार मिल्ने पार्टीसँग एकताको प्रयास भने भइरहेको बताए ।
‘जुन गाउँ जानु छैन त्यसको बाटो नै नसोध्नु । त्यसकारण तपाइँहरु यो प्रश्न किन सोध्नुहुन्छ ?’, एमालेसँग एकता हुन्छ भन्ने प्रश्नमा नेपालले प्रतिप्रश्न गर्दै भने, ‘पार्टी एकता विचार मिल्नेहरुसँग हुने हो ।’
उनले पार्टीले बाम गठबन्धनको आह्वान गरेको भन्दै विचार मिल्नेहरु सहकार्यका लागि आउने विश्वास व्यक्त गरे । प्रतिनिधिसभाको पहिलो बैठक २५ पुसमा बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने कार्यतालिका छ ।















प्रतिक्रिया दिनुहोस्