राष्ट्रिय सभाको उपनिर्वाचन माघ २५ गते हुने

काठमाडौं, पुस २१  रिक्त एक राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचन आगामी माघ २५ गते हुने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले माघ २५ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

लुम्विनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित खिमलाल भट्टराईले मंसिर ४ को निर्वाचनअघि राजिनामा दिएपछि एक पद रिक्त भएको थियो ।

सो पदमा उपनिर्वाचन गर्न मन्त्रिपरिषदले बिहीबार निर्णय गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्