धुम्बाराहीमा देउवा र उपेन्द्र यादवबीच भेटवार्ता

काठमाडौं , पुस २१ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच आज भेटवार्ता भएको छ । देउवा निवास धुम्बाराहीमा दुई नेताबीच भेटवार्ता भएको हो ।

अहिले सत्ता गठबन्धनसँग आबद्ध यादवले देउवासँग समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल गरेको बताइएको छ । साथसाथै मधेस प्रदेशमा सरकार निर्माणका बारेमा पनि छलफल भएको बताइएको छ ।

उपेन्द्र यादवले केन्द्रमा प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेका छन् भने मधेसमा मुख्यमन्त्री आफ्नो पार्टीले पाउनु पर्ने लबिङ गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्