सन्दीपको पेसी आज पनि उनकै कानुन व्यवसायीबाट स्थगित

काठमाडौं, पुस २१ । नेपाली क्रिकेट टिमका पूर्वक्याप्टेन सन्दीप लामिछानेको उच्च अदालत पाटनमा रहेको पुनरावेदनको पेसी आज पनि स्थगीत भएको छ। लामिछानेका कानुन व्यवसायीबाट नै पेसी स्थगित गरिएको हो ।

योसँगै लगातार तेस्रो पटक सुनुवाइ रद्द भएको हो। यसअघि पहिलोपटक पनि सन्दीप पक्षले नै सुनुवाइ रोकेको थियो। गत १४ पुसमा तोकिएको सुनुवाइ हेर्दाहेर्दैमा गएको थियो।

जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए।

नाबालिग किशोरीलाई जबर्जस्ती बलात्कारको अभियोगमा थुनामा पठाइएका लामिछानेका कानुन व्यवसायीले गत मंसिर २९ गते पुनरावेदन दर्ता गराएका थिए।

पीडित भनिएकी किशोरीको २ वटा जन्मदर्ता रहेको र उनी नाबालिग नभएको भन्दै अलालतमा प्रमाण पेश गरेका छन्। अदालतले त्यसबारेमा सम्बन्धित कार्यालयबाट प्रमाण समेत झिकाइसकेको छ।

तीनै दोहोरो कागजातका आधारमा पीडित नाबालिग नरहेको र लामिछानेले जबर्जस्ती करणी पनि नगरेको दाबीसहित उनी पक्ष उच्च अदालत पुगेको हो।

यसअघि जिल्ला अदालतमा थुनछेकको बहसका क्रममा सन्दीपका वकिलहरुले नाबालिग भनिएकी पीडितको उमेर १८ वर्ष ३ महिना भइसकेकाले अभियोग नै गलत भएको तर्क गरेका थिए।

प्रतिक्रिया दिनुहोस्