परिवारसहित मेयर बालेन्द्र बिदा मनाउन बालीमा
काठमाडौं, पुस २१ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बिदा मनाउन इन्डोनेसियामा छन्। मेयर शाह परिवारसहित मंगलबार साँझ इन्डोनेसियाको बाली गएका हुन्।
आगामी पुस २५ गते नेपाल फर्कने कार्यक्रम रहेको प्रमुख स्वकिय सचिव भूपदेव शाहले जानकारी दिए। शाह परिवारसहित व्यक्तिगत भ्रमणका लागि इन्डोनेसिया गएको बताएको छ । कुनै औपचारिक कार्यक्रम भने तय नभएको बताएको छ ।उनी महानगरबाट बिदा लिएर बाली घुम्न गएका हुन्।
काठमाडौंको मेयर निर्वाचित भएपछि शाह पहिलोपटक विदेश भ्रमणमा गएका हुन्। उनीसँग श्रीमति सविना काफ्लेपनि इन्डोनेसिया गएकी छिन्।
इन्डोनेसियाको बाली नेपालीहरुका लागि प्रमुख भ्रमण गन्तव्यको शहर मानिन्छ।
प्रतिक्रिया दिनुहोस्