सन्दीप लामिछानेको पेशी आज, छुट्ने सम्भावना कति ?
काठमाडौं ,पुस २१ । जिल्ला अदालतको आदेशविरुद्ध नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले गरेको पुनरावेदनका लागि सुनुवाइको पेसी आजका लागि तोकिएको छ । पाटन उच्च अदालतमा दर्ता रहेको पुनरावेदनको सुनुवाइका पेसी आजका लागि तोकिएको हो ।
यसअघि दुईपटक पेसी तोकिए पनि पहिलोमा सन्दीपका कानुन व्यवसायीले स्थगित गरेका थिए । दोस्रोमा हेर्न उनको पेसी नभ्याइनेमा परेको थियो ।
२० असोजमा पक्राउ परेका सन्दीपलाई काठमाडौं जिल्ला अदालतले फैसला नहुँदासम्मका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
उनले थुनाबाहिर रहेर मुद्दा लड्न पाउनुपर्ने माग गरेका छन् । गत भदौमा सन्दीपविरुद्ध एक किशोरीले बलात्कारको आरोप लगाएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्