अवैध क्रसर उद्योग बन्द गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं, पुस २०।  अवैधानिक रुपमा सञ्चालन भएको क्रसर उद्योग बन्द गृह मन्त्रालयले निर्देशन दिएको छ । आज परिपत्र जारी गर्दै सबै जिल्ला प्रशासन कार्यलयलाई निर्देशन दिएका हुन् ।

प्रचलित कानुन विपरित ढुंगा, गिट्टी, बालुवा उत्खनन तथा दोहन कार्यलाई नियमन गर्न वातावरण संरक्षण ऐन २०७६ को पालना र यस सम्बन्धमा अदालतबाट भएको आदेश कार्यान्वयन गर्न सबै प्रशासन कार्यालयलाई निर्देशन दिएका हुन् ।

कानुन विपरित दर्ता नगरी तथा नविकरण लगायत संचालन अनुमति नलिई सञ्चालनमा रहेका ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खनन, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगलाई तत्काल बन्द गर्न मन्त्रालयले निर्देशन दिएको हो ।

विभिन्न आयोजना विकास तथा निर्माणको क्रममा सोही आयोजनाको लागि आवश्यक परिणाममा ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खननको अनुमति प्राप्त उद्योग/ निर्माण व्यावसायीले आयोजना समाप्त भएपश्चात पनि त्यस्तो उत्खनन कार्य गरिरहेको भए सो समेत छानबिन गरि तत्काल बन्द गर्न परिपत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्