प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता , सरकारलाई समर्थन एजेन्डा

काठमाडौं, पुस २०।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ। प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीलाई सरकारमा ल्याउन पहल गरिरहेका बेला भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

सरकारमा सहभागी हुने विषयमा एकीकृत समाजवादीले कुनै निर्णय गरेको छैन। तर पार्टीभित्र सरकारलाई विश्वासको मत दिएर सहभागी हुनुपर्ने आवाज बलियो छ।

तर सरकारलाई समर्थन गर्ने कुरामा अनिर्णित रहेको नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपाल प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका हुन् ।

यता कांग्रेस नेतृत्वको तत्कालीन पाँच दलीय गठबन्धन तोडेर नेकपा एमालेसँग मिल्दा प्रचण्डले आफूसँग कुनै सल्लाह नगरेको गुनासो नेपालले गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्