पुस २६ कै दिन हामी सरकारबारे निर्णय गर्छौं : माधव नेपाल
काठमाडौं, पुस २० । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुस २६ कै दिन हामी सरकारबारे निर्णय गर्ने बताएका छन् ।
बुधबार युवा संघ नेपालको कार्यक्रममा अध्यक्ष नेपालले सरकारलाई समर्थन गर्ने वा नगर्ने विषय २६ पुसभित्र निर्णय गर्ने बताएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदैछन् । उनले अहिले राजनीतिक अवस्था प्रष्ट नभएकाले आफूहरुले निर्णय गर्न हतार नगरेको बताए ।
सरकारमा संलग्न दलहरुले सरकार बनाउँदा र नीति तथा कार्यक्रम बनाउँदा नसोधेको भन्दै सरकारमा जान हतार गर्न नहुने अध्यक्ष नेपालको भनाइ छ ।















प्रतिक्रिया दिनुहोस्