६ दिनलाई पछि सर्यो कांग्रेसको बैठक
काठमाडौं, पुस २० । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पछि धकेलिएको छ। पुस २२ गतेका लागि तय गरिएको केन्द्रीय कार्यसमिति बैठक ६ दिनपछि धकेलिएको हो।
कांग्रेस केन्द्रीय कार्यालय सानेपाका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पुस २२ का लागि निर्धारण गरिएको बैठक पुस २८ गते अपरान्ह १ बजे बस्ने जानकारी दिए।
बैठकका लागि कांग्रेसले ‘प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९ को समीक्षा सम्बन्धमा’, ‘समसामयिक राजनीतिका सन्दर्भमा’ र विविध गरी तीन वटा एजेन्डाहरु तय गरेको छ।
केन्द्रीय कार्यसमिति बैठक सार्नु अघि बुधबार बिहान धुम्बाराहीस्थित निवासमा सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य डा. शेखर कोइरालासँग छलफल गरेका थिए।















प्रतिक्रिया दिनुहोस्