जसपाको बैठक आज पनि बस्दै, सरकारमा सहभागी हुने वा नहुनेबारे निर्णय गर्ने

काठमाडौं , पुस १९ । जनता समाजवादी पार्टी जसपाको राजनीतिक समितिको बैठक आज पनि बस्दैछ । सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा निर्णय गनै बैंठक बोलाइएको हो ।

सोमबार सबै नेताले धारणा राख्न समय नपुगेको भन्दै बैठक निष्कर्षविहीन टुङ्गिएको थियो ।

बैठक सरकारमा सहभागिता, पछिल्लो राजनीतिक परिस्थिति र जसपाको भूमिका र निर्वाचनको समीक्षालगायतका विषयमा केन्द्रित छ ।

बैठकमा विधान महाधिवेशन र सङ्गठनलाई क्रियाशील बनाउने विषयमा सदस्यले धारणा राखेका छन् ।

प्रतिनिधि सभामा १२ सिट भएको जसपाले सात दलीय गठबन्धनको सरकारलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ ।

जसपाले सरकारमा सहभागी हुने विषयमा भने निर्णय गरेको छैन । जसपाले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताको पसपनि गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्