प्रधानमन्त्री दाहालले आज निर्देशनात्मक सम्बोधन गर्ने

काठमाडौं, पुस १९ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले आज निर्देशनात्मक सम्बोधन गर्ने भएका छन्। उनले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन निर्देशनात्मक सम्बोधन गर्ने भएका हुन्।

सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा विभिन्न मन्त्रालयका सचिवहरुसँग मन्त्रालयको काम कारबाहीको बारेमा जानकारी लिएपछि आज उनले निर्देशनात्मक सम्बोधन गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्