सरकारको सेवा प्रवाहमा सुधार ल्याउन प्रधानमन्त्रीले गरे सचिवहरुसँग परामर्श
काठमाडौं, पुस १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल सरकारका सचिवहरुसँग छलफल गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा उनले सबै मन्त्रालय तथा निकायमा सचिवहरुलाई छलफलमा बोलाएका हुन् ।
उनले सबै सचिवहरुको कुरा सुन्ने र निर्देशन दिने उनको सचिवालयले जनाएको छ । छलफल तत्कालीन समस्या र आधारभूत सेवा प्रवाहमा सहजता ल्याउने सम्बन्धमा केन्द्रित रहेको थियो।दाहालले विभिन्न मन्त्रालयको कामकारबाहीबारे जानकारी लिएका छन्।
सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा विभिन्न मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुलाई बोलाई त्यसका कामकारबाहीको विवरण लिएका हुन्।
सरकार प्रमुखको हैसियतले प्रधानमन्त्री दाहालले विभिन्न मन्त्रालय र निकायहरुको कामकारबाही जानकारी लिने काम सुरु गरेको नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीेले जानकारी दिए। त्यसक्रममा सचिवहरुले आ–आफ्नो मन्त्रालयको प्रगति विवरण र आफूहरुले भोग्नु परेको समस्याका बारेमा प्रधानमन्त्री दाहाल समक्ष ब्रिफिङ गरेका थिए।
बिहान ११ बजेदेखि सुरु भएको बैठक २ बजेसम्म चलेको थियो।
यही विषयमा भोलि मंगलबार पनि बैठक बस्ने बताइएको छ। भोलिको बैठकमा सचिवहरूको रिपोर्ट सुनिसकेपछि प्रधानमन्त्रीले निर्देशनात्मक सम्बोधन गर्ने कार्यसूची छ। प्रधानमन्त्री प्रचण्डले पहिलो मन्त्रिपरिषद बैठकबाटै सेवा प्रवाहमा सुधार ल्याउने निर्णय गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्