नेपाल टीट्वान्टी क्रिकेट लिगमा पोखराले काठमाडौलाई हरायो

काठमाडौं, पुस १८ । नेपाल टीट्वान्टी क्रिकेट लिगमा पोखराले काठमाडौलाई हराएको छ।

कीर्तिपुरको क्रिकेट मैदानमा भएको आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं नाइट्सलाई ५ विकेटले हराएको हो।

काठमाडौंले दिएको १ सय ६५ रनको लक्ष्य पोखराले १९ दशमलब ४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।पोखराको लागि उपुल थरंगाले ५८ र सुमित महर्जनले ७६ रन बनाए । कुशल मल्ल १४ रनमा अविजित रहे।काठमाडौंका लागि कमल सिंह ऐरीले ३ तथा अविनाश बोहोरा,अनिल खरेलले समान एक एक विकेट लिए।

यस अघि पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो। काठमाडौंका लागि एलेक्स ब्लेकले ६४ रन बनाए। सुनाम गौतमले ४५ तथा विरनदिप सिंहले ३२ रन बनाए। पोखराका लागि तुलबहादुर थापाले २ तथा प्रतिस जिशि र कुशल मल्लले समान एक एक विकेट लिए।

छ खेल खेलेर ३ जित तथा ३ हार हात पारेर ६ अंक सहित काठमाडौं अंक तालिकाको तेस्रो स्थानमा कायमै रहेको छ।आठ खेलमा तीन जित हात पारेको पोखरा छ अंक सहित अंक तालिकाको चौथो स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्