प्रधानमन्त्री प्रचण्डले गरे आयोगका पदाधिकारीसँग छलफल

काठमाडौं, पुस १८ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका छन् । उनले सोमबार बिहान सिंहदरबारमा आयोगका पदाधिकारीसँग छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

संविधानमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पदावधि सकिनुभन्दा एक महिनाअघि नै गर्नुपर्ने व्यवस्था उल्लेख भए पनि नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको शपथ पुरानै राष्ट्रपति र उपराष्ट्रपति पदमा बहाल रहँदा नै कसरी गर्ने भन्ने स्पष्ट व्यवस्था नहुँदा निर्वाचन आयोग अन्योलमा छ । यही विषयमा प्रधानमन्त्रीसँग छलफल भएको हो ।

साथै छलफल गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसँग सम्बन्धित रहेको जनाइएको छ । प्रधानमन्त्री भएपछि प्रचण्डले पहिलो पटक आयोगका पदाधिकारीसँग छलफल गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्