मा.प.से. गरी साधन चलाउने ३ जना चालकलाई अभद्र व्यवहार मुद्धा

काठमाडौंको फर्पिङ, नागढुङगा र भक्तपुरको कमनविनायकबाट मदिरा पिएर सवारी साधन चलाउदै गर्दा शनिबार राती पक्राउ परेका ३ जना चालकलाई आइतबार अभद्र व्यवहारमा मुद्धा चलाइएको छ ।

काठमाण्डौको फर्पिङबाट शनिबार पक्राउ परेका ना १ ज ६६ २४ नम्बरको भाडाका टाटा सुमो चालक मकवानपुरको हेटौडाका २८ वर्षीय मनोज रुम्बा प्रहरी वृत किर्तीपुरबाट अभद्र व्यवहार मुद्धामा दिन ४ ९चार० म्याद थप गरी आवश्यक अनुसन्धान शुरु गरेको छ ।

यस्तै, नागढुङगाबाट पक्राउ परेका ना २ ख ८२ १५ नम्बरको भाडाको ट्रक चालक रुपन्देही घर भएका ३९ वर्षीय शैलेन्द्र लोधलाई प्रहरी वृत थानकोटबाट अभद्र व्यवहारमा मुद्धामा दिन ७ ९सात० म्याद थप गरि अनुसन्धान भइरहेको छ । भक्तपुरको कमलबिनायकबाट ना ४ ख ५१२ नम्बरको भाडाको टिपर चलाउँदै गरेका चालक काभ्रेपलाञ्चोक घर भएका २४ वर्षीय नबिन मिजारलाई पनि अभद्र व्यवहारमा मुद्धामा दिन ५ ९पाँच० म्याद थप गरी प्रहरी वृत जगातीबाट अनुसन्धान शुरु गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले बताउनु भएको छ ।

रमाइलोको बहानामा पिएको नशालु पदार्थले मस्तिष्कको सोचाई क्षमतामा ह्रास आउने र सवारी साधनको रफ्तार समेत आंकलन गर्न नसक्ने हुँदा गम्भीर सवारी दुर्घटना हुने जोखिमलाई नकार्न नसकिने भएकाले सम्भावित दुर्घटना रोकथामका लागी रात्रिकालिन मा।प।से चेकजाँचलाई ट्राफिक प्रहरीले तिव्रता दिईएको समेत उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्