मन्त्रिपरिषद् विस्तार हुन अझै १०/१५ दिन लाग्न सक्छ : केपी ओली
काठमाडौं, पुस १७ । सत्तारुढ नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा आलीले मन्त्रीपरिषद् विस्तारको काम अझै १०/१५ दिन लाग्न सक्ने संकेत गरेका छन्।
अध्यक्ष ओलीले अहिले खेलकुदमन्त्री नभएको प्रसंग उल्लेख गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिने काममा अझै दुई हप्ता लाग्न सक्ने बताएका हुन्।
मदन भण्डारी स्पोर्टस् एकेडेमीले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले खेलकुद क्षेत्रको विकासमा ध्यान दिन सरकारलाई आग्रह समेत गरे।
खेलाडीहरुले खेलकुद क्षेत्रको विकासमा सरकारले राम्ररी ध्यान देओस् भनेर चाहेको उल्लेख गर्दै उनीहरुको माग सरकारसमक्ष पुर्याउन आफू लागिपर्ने आश्वासन पनि दिए।
नयाँ खेलकुद मन्त्रीलाई पनि आफूले खेल क्षेत्रको विकासमा ध्यान दिन आग्रह गर्ने अध्यक्ष ओलीको भनाई थियो।
अध्यक्ष ओलीले प्रतिकूल परिस्थितिलाई अनुकूल बनाएर अघि बढेका कारण पेले विश्वका सर्वाधिक लोकप्रिय फुटबल खेलाडी भएको उल्लेख गर्दै त्यसबाट सिकेर नेपाली खेलाडीले पनि आफूलाई अगाडि बढाउनु पर्ने बताएका छन् ।
उनले बालबालिकाहरुलाई उचित संरक्षण गरेर सफल बनाउन पनि सरकार लाग्नुपर्ने आवश्यक्ता औंल्याए। उनले १५ दिनजतिमा सरकार विस्तार भइसक्ने पनि उल्लेख गरेका छन्।















प्रतिक्रिया दिनुहोस्