संसदले बोलायो सर्वदलीय बैठक, पहिलो बैठकको एजेण्डा तय गर्ने

काठमाडौं , पुस १७ । पहिलो बैठकको एजेण्डा तय गर्न संसद्ले सर्वदलीय बैठक बोलाएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले पुस २२ गते १ बजेलाई सर्वदलीय बैठक बोलाएका हुन् ।

बैठकले अन्तरिम नियमावली, दलहरूको हैसियतअनुसार सिट व्यवस्थापन, दलका नेताहरू बोल्नेलगायतका एजेण्डा तय गर्ने उपसचिव सञ्जय गौतमले जानकारी दिएका छन् ।

संसद्को पहिलो बैठक २५ गतेका लागि आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्