नेकपा (एमाले) सँग एकता असंभव छ: नेता खनाल
काठमाडौँ- नेकपा ( एकीकृत समाजवादी ) का सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीको तत्काल नेकपा (एमाले) सँग एकता असंभव रहेको बताउनुभएको छ ।
विदेश विभागको बैठकमा उहाँले बिद्रोहबाट गठन भएको आफ्नो पार्टीमा कुनै पनि पार्टीसँग अहिले एकताको छलफल नै नभएको बताउँदै कुनै पदमा जान एमालेसँग एकता नहुने बताउनुभयो । एमालेको ज्यादतीका बिरुद्ध बिद्रोह गरिएकाले त्यसको गहन सश्लेषण र विश्लेषण नगरी एकता हुनै नसक्ने उहाँको भनाई थियो ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेता खनालले सरकारको नीति हेरेर त्यसको विश्लेषणपछि मात्र पार्टीले सरकारमा सहभागिता जनाउने बताउनुभयो ।
पार्टीका नेता खनालको अध्यक्षतामा आज बसेको बैठकमा निर्वाचन परिणाम र हाम्रो दृष्टिकोण विषयमा छलफल गरिएको थियो ।
रुस र युक्रेनको युद्धले ठूलो धनजनको क्षति भएको, विश्वव्यापी आर्थिक मन्दीका साथै सामाजिक असर देखा परेकाले चाँडो भन्दा चाडो रोक्न सम्बन्धित पक्षलाई आग्रह गरेको सचिव डा शङ्कर खतिवडाले जानकारी दिनुभयो ।
उहाँले पार्टी स्थापनापछि विश्वका १२० मुलुका कम्युनिष्ट तथा समाजवादी २०० संस्थासँग् सम्बन्ध स्थापना गरिएको जानकारी दिनुभयो
युरोप, रुस, टर्कीलगायत ६ मुलुकमा विभागका प्रतिनिधिले भ्रमण गरी ४ अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाएका छन् । विभागको मुखपत्र समाजवाद प्रकाशन गर्न लागेको छ ।

















प्रतिक्रिया दिनुहोस्