साँखु शालिनदी मेला यहि पुस २२ गतेदेखि संचालन हुने

काठमाडौं, पुस १५ । साँखुको शालिनदी आसपासमा माधवनाराण भगवानको एक महिने व्रत यहि पुस २२ गतेदेखि संचालन हुने भएको छ ।

यसका लागि शंखरापुर नगरपालिकाको साँखु स्थित शालिनदी मेलाको तयारी पुरा भएको जनाएको छ ।

माधवनाराण स्वस्थानी व्रत तथा शालिनदी सुधार सममितिले आज आयोजना गरेको पत्रकार सम्मलेनमा मेलाको तयारी बारे जानकारी गराएको हो ।

प्रत्येक वर्ष पौष शुक्लपुर्णिमादेखि माघ शुक्लपुर्णिमा सम्म यस स्थानमा श्री स्वस्थानी कथा वाचनका साथै व्रतालुले धार्मिक अनुष्ठान गर्ने परम्परा रहेको छ ।

व्रतालुको सेवा र सुविधाको लागि समितिले नेपाल स्काउट, नेपाल रेडक्रस सोसाइटी लगाएत विभिन्न संघसंस्थाको समन्वयमा आवश्यक परिचालन गर्ने अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिए ।मेलामा करिब ३० देखि ३५ लाखसम्म पर्यटक आउने अनुमान गरिएको छ ।

शान्तिसुरक्षा व्यवस्थापनमा परिसरभित्र सिसि.टिभि क्यामराका साथै सामुदायिक प्रहरी तथा महानगरिय प्रहरी प्रभाग साँखु अन्र्तगत विषेश प्रहरी टोली परिचालन गरिनेछ ।

भक्तजनको नि: शुल्क स्वास्थय परिक्षणका लागि स्वास्थय शिविरहरु संचालन गरिने छ ।मेला अवधिभर हाटबजार क्षेत्रमा प्लाष्टिकका झोलाहरुको प्रयोगलाई निरुत्साहित गर्नेछ ।

मेलामा संयोजक एलपि श्रेष्ठका अनुसार व्रतालुको निमोनिया भए/नभएको एकिन गर्न एक्सरे लिने व्यवस्था पनि मेलामा गरिएको छ ।

व्रतालुको नाम दर्ताका लागि लगत संकलन व्यवस्था तथा उनीहरुलाई साँखुबाट बाहिर विभिन्न तिर्थस्थल भ्रमण गराइनेछ ।

प्रतिक्रिया दिनुहोस्